२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको डेटाहरु टर्की पुग्ने गरेको छ: आरजु राणा देउवा(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा डिजिटल प्रणाली शुरुवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताउनु भयो । उहाँले नेपाली सेनाको डेटाहरु आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उल्लेख गर्नुभयो । हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरुले थप अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेबिसंघको अबको एजेण्डा शैक्षिक, सामाजिक, युवाहरुलाई उद्यमशील बनाउने, नेपालमै युवाहरुलाई टिकाउने र जलवायु परिवर्तनको एजेण्डामा केन्द्रित रहेको बताउनु भयो । उहाँले नेपालले साइबर सुरक्षाका लागि आफ्नै किसिमको अध्ययन र अनसन्धान गरी आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विद्यार्थी संघको अबको एजेण्डा शैक्षिक एजेण्डा, सामाजिक एजेण्डा, युवाहरुलाई उद्यमशील बनाउने र नेपालमै युवाहरुलाई टिकाउने, जलवायु परिवर्तनको एजेण्डामा हामी अघि बढ्नेछौँ ।’

त्यस्तै पुल्चोक क्याम्पसका विद्यार्थी अस्मित तिमल्सिनाले नेविसंघले विद्यार्थीहरुको प्रोग्रामिङ स्किलबाट नेपालमा भइरहेको सामाजिक समस्याको समाधान गर्न कार्यक्रम अल नेपाल ह्याकथन कार्यक्रम आयोजना गरेको बतउनु भयो । उहाँले कार्यक्रमले ढल व्यवस्थापन, ट्राफिक म्यानेजमेण्ट, त्रिभुवन विश्वविद्यालयको ढिलो नतिजा प्रकाशन सम्बन्धीका बारेमा पनि समस्या समाधानका लागि कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रोग्रामिङ स्किल यहाँ हामीले देखाउन सक्छौँ । समाजमा भोगिरहेका सहस्याहरु त्यो समस्या विद्यार्थी तहबाट कसरी समाधान गर्नसक्छौँ भन्ने बारेमा यो कार्यक्रम गरेका हौँ । ढल व्यवस्थापन, ट्राफिक म्यानेजमेण्ट, नतिजा छिटो प्रकाशन गर्नेकुरामा विद्यार्थीको तहबाट प्रोग्रामिङ स्किलले कसरी समाधान गर्नसक्छौँ भन्नेबारेमा यो कार्यक्रम गरेका हौँ ।’

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रोग्रामिङ स्किलबाट समाजका समस्याहरु समाधान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको थियो ।