२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.82

Wind: 1.54

Humidity: 41

Latest
सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै सरकारले गति लिन सकेनः महामन्त्री थापा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: स्थगित गरिएकोमा अखिल नेपाल खेलकुद महासंघको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ: निर्देशक घिसिङ(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताउनु भयो । उहाँले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट विद्युत बढी हुने उल्लेख गर्नुभयो । उहाँले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताउनु भयो । उहाँले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको बताउनु भयो ।

निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताउनु भयो । उहाँले पछिल्लो समय उद्योगहरुमा जलविद्युतको माग राम्रो रहेको बताउनु भयो । उहाँले ११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिव ७ हजार मेगावटको पीपीए भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका छन् । करिव ७ हजार मेगावटको पीपीए भइसकेको छ । यसमा ८ सय मेगावट विद्युत उत्पादन भएर आइसकेको छ । पाँच हजारको हाराहारीमा पीपीए भएर वित्तीय लगानी भएर अगाडि बढेका र ३ हजार जति वित्तीय लगानीको लागि प्रतिक्षामा रहेका छन् । यसको पनि निजी क्षेत्रबाट लगानी जुटाउनुपर्ने अवस्था छ ।

अहिले २५ सय ४४ मेगावट उत्पादन क्षमता भएको छ । यसमा सोलार ७० मेगावट छ । प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको ७ हजार मेगावट विद्युत उत्पादन गर्ने अनुमान छ । विद्युत उत्पादन र विद्युत खपतको लागि पनि लगानी गर्नुपर्ने अवस्था छ । त्यसमा निर्यात र स्वदेशमा नै खपत गर्नको लागि पनि ट्रान्समिसन लाइन बनाउनुपर्छ । सन् २०३५ सम्म ८ हजार मेगावटको माग पुग्ने देखिन्छ । यसरी हेर्दा सन् २०४२/४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुख्खा याममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छौं । नेपालको उद्योग स्थापना वृद्धि भएर उद्योगमा जलविद्युतको माग राम्रो रहेको हुनाले अवधि अघिपछि पनि हुनसक्छ । त्यो समयसम्म जलविद्युतमा आत्मनिर्भर भएर २५ सय मेगावट विद्युत बढी हुने देखिन्छ ।’

त्यस्तै निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिवद्धता भइसकेको बताउनु भयो । उहाँले एजीम बैंकबाट ७ सय मिलियन,जाइकाले १४० मिलियन,विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रविद्धता आएको उल्लेख गर्नुभयो । उहाँले जलविद्युत उत्पादनको लागि नयाँनयाँ प्रोजेक्टहरु बनाउनको लागि अहिले प्राप्त भएको लगानी प्रतिवद्धताले मात्रै अपुग हुने बताउनु भयो ।

उहाँले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताउनु भयो । उहाँले प्राधिकरण जलविद्युत उत्पादनको लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि बताउनु भयो ।