४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदान आयोगको नीतिमा समावेश गर्न माग



अ+ अ-

बिराटनगर । प्रदेशस्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान सङ्गठित हुन थालेका छन् । उनीहरूले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरूलाई समावेश गर्न माग गरेका छन् ।

स्थापना भएका विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठान उद्देश्य र कार्यक्रमअनुसार पर्याप्ट बजेट उपलब्ध हुन नसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको जनाउँदै प्रदेशस्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको यही फागुन १४ मा बागमती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न संयुक्त भेला अयोाजना गरी विश्वविद्यालय अनुदान आयोगमा आफूहरूलाई समावेश गर्न माग गरेका हुन् ।

प्रदेश नं १ मा मोरङको बूढीगङ्गा गाउँपालिका हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेलका अनुसार सङ्घीय सरकारको विश्वविद्यालय अनुदान आयोगले अझैसम्म प्रदेशमा स्थापना भएका ‘युनिभर्सिटी’ र शैक्षिक प्रतिष्ठानहरूलाई आफ्नो नीति कार्यक्रममा समावेश गरेको छैन ।

यसले गर्दा प्रदेशमा स्थापना भएका विश्विद्यालय र शैक्षिक प्रतिष्ठानले विभिन्न समस्या झेलिरहनुपरेको छ । “यसैले पहिलोपल्ट १४ फागुनमा संयुक्त भेला अयोजना गरी समस्या समाधानका लागि प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले चार बुँदे घोषणापत्र जारी गर्नुपरेको हो”, उहाँले भन्नुभयो ।

उपकुलपति डा पोखरेलका अनुसार हैटौँडामा सम्पन्न प्रदेशस्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको भेलाले प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गतका कार्यक्रम सञ्चालन, अनुसन्धान तथा पूर्वाधार विकासका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुदान उपलब्ध गराउन माग पनि गरेको छ ।

यसैगरी भेलाले चिकित्सा शिक्षा ऐन, २०७७ को दफा ९१७० को ७ बमोजिम छात्रवृत्ति प्रदान गर्न चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कअनुरुप बजेट उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारसँग माग गरेको छ ।

भेलामा प्रदेश नं १ को मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा पोखरेल, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवेकोटा, बागमती पदेशका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशी र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा विनोदकुमार यादवलगायतको सहभागिता थियो ।

भेलाले प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको स्तरोन्नतिका लागि संयुक्तरूपमा अनुदान आयोग र सङ्घीय सरकारसँग अन्तक्र्रिया गर्ने, थप ज्ञापनपत्र बुझाउने र प्रदेशस्तरीय संयुक्त सञ्जाल निर्माण गर्ने निर्णय पनि गरेको छ ।