• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त



काठमाडौँ १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएको छ ।

हालै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालको निजी चिकित्सकको रुपमा उहाँलाई नियुक्त गरेको हो । शर्मा नेपालकै प्रसिद्ध डाक्टर हुनुहुन्छ ।

हाल उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत हुनुहुन्छ ।

डा. शर्माले भने हिजो (सोमबार)मात्रै नियुक्तीपत्र बुझ्नुभएको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको समेत उहाँले नै उपचार गर्नुभएको थियो भने उहाँकै सल्लाहमा पुन उपचारका लागि चीन जानुभएको थियो ।