२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९एसिया छनोट: नेपालको लगातार तेस्रो जित



अ+ अ-

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

यूएईमा भएको खेलमा हङकङलाई नेपालले ९ विकेटले पराजित गरदै लगातार तेस्रो जित हात पारेको हो ।

यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा आकाश त्रिपाठीले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धसतकिय इनिङ खेले।

यस्तै, उत्तम थापाले ५० बलमा ४ चौकाको सहयोगमा अविजित ३९ रन बनाए । अर्जुन कुमाल भने १६ रनमा आउट भए ।

पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुदै १ सय २० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रन बनाए भने मोहम्मद जाहिरले २९ रन बनाए । यसैगरी अहान त्रिवेदीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका हेमन्त धामीले ३ विकेट लिए । आकाश चन्द र सुवास भण्डारीले समान २र२ विकेट लिए भने दीपेश कंडेलले १ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।