७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमाले अरू पार्टीजस्तो दुई डुंगामा खुट्टा राख्दैन, प्रतिपक्षको भूमिकामा खरो उत्रिन्छ’



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले एमाले अरू पार्टीजस्तो दुई डुंगामा खुट्टा राख्ने पार्टी नभएको बताएका छन् ।

नेकपा एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेसँगै नेता रिजालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘पुस १० को मुख्य सहमति तोडिएपछि सत्तामा बसिरहनु औचित्य समाप्त भएकाले आफ्नो शानदार उपस्थितिसहित एमाले प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिनेछ ।’ रिजालले भने । ‘एमालेलाई कसैको नून खाएर गुन तिर्नु छैन । अविश्वसनीय, धोकाधडी र षड्यन्त्रलाई अस्वीकार गर्दै सरकारबाट फिर्ता भएका छौं ।’