३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका मन्त्रीलाई विनाविभागीय बनाउनेसम्म तयारी भएपछि सरकार छाड्नुपर्‍यो– उपाध्यक्ष पौडेल(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट प्रतिनिधित्व गर्नुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले एमाले मन्त्रीप्रति प्रधानमन्त्रीको व्यवहारका कारण सरकार छाड्नुपरेको बताउनु भएको छ ।

‘राष्ट्रपतिमा सहमति नभए पनि सरकारमा रहेर काम गर्ने सोँचमा थियौँ, तर पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले एमाले र मन्त्रीहरुलाई जुन अभिव्यक्ति र व्यवहार गर्नुभयो, त्यसपछि सरकारमा बस्न सकेनौँ’ एमाले उपाध्यक्षसमेत रहनु भएका पौडेलले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो ‘परराष्ट्रमन्त्री विमला राईलाई अकारण निर्देशन गर्नुभयो र हामीलाई सरकार छाड्ने या वा विनाविभागिय मन्त्री बनाउने अभिव्यक्ति गर्दै एमाले र एमालेको सहभागिताप्रति सार्वजनिक रुपमा टिप्पणी गर्न थालेपछि सरकारमा रहिरहन उचित हुने देखेनौँ ।’ पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिना पछि सरकार छाडेको हो ।

जेनेभा जान लाग्नुभएकी मन्त्री राईलाई हिजो आइतबार प्रधानमन्त्री दाहालले रोक्नुभएको थियो । राईको ठाउँमा पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई जेनेभा पठाइएको छ ।