१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका मन्त्रीलाई विनाविभागीय बनाउनेसम्म तयारी भएपछि सरकार छाड्नुपर्‍यो– उपाध्यक्ष पौडेल(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट प्रतिनिधित्व गर्नुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले एमाले मन्त्रीप्रति प्रधानमन्त्रीको व्यवहारका कारण सरकार छाड्नुपरेको बताउनु भएको छ ।

‘राष्ट्रपतिमा सहमति नभए पनि सरकारमा रहेर काम गर्ने सोँचमा थियौँ, तर पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले एमाले र मन्त्रीहरुलाई जुन अभिव्यक्ति र व्यवहार गर्नुभयो, त्यसपछि सरकारमा बस्न सकेनौँ’ एमाले उपाध्यक्षसमेत रहनु भएका पौडेलले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो ‘परराष्ट्रमन्त्री विमला राईलाई अकारण निर्देशन गर्नुभयो र हामीलाई सरकार छाड्ने या वा विनाविभागिय मन्त्री बनाउने अभिव्यक्ति गर्दै एमाले र एमालेको सहभागिताप्रति सार्वजनिक रुपमा टिप्पणी गर्न थालेपछि सरकारमा रहिरहन उचित हुने देखेनौँ ।’ पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिना पछि सरकार छाडेको हो ।

जेनेभा जान लाग्नुभएकी मन्त्री राईलाई हिजो आइतबार प्रधानमन्त्री दाहालले रोक्नुभएको थियो । राईको ठाउँमा पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई जेनेभा पठाइएको छ ।