१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधबलाई बाबुरामको कटाक्ष: १०सिटवाला पार्टीलाई ६६ दिन प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ पनि व्यंग्य गर्नुभएको छ ।

उहाँले ट्विट गर्दै १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ, त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त भनी प्रश्न गर्नुभएको छ ।

उहाँले प्रतिनिधिसभामा रहेका रहेका २७५ सांसदलाई पाँच वर्षको कार्यकाल भाग लगाउँदा समेत हिसाब पेस गर्नुभएको छ । उहाँका अनुसार त्यसरी प्रतिनिधिसभाका सबै सदस्यलाई भाग लगाउँदा एक जनाको भागमा प्रधानमन्त्री बन्ने समयावधि ५ दिन १४ घण्टा २४ मिनेट पर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच वर्षको संसद्को पूरै कार्यकालमा पालैपालो प्रम बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ । दलीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ । त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन ? ”