![](https://newspolar.com/wp-content/uploads/2022/03/Today_Gold_lm98WOBpXh.jpg)
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ ।
आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आइतबार छापावाल सुन १४ सय रुपैयाँले घटेर १ लाख २ हजार रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।
त्यसैगरी, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ ।