१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

युनिभर्सलले मनायो २७औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस

युनिभर्सलले मनायो २७औँ  वार्षिकोत्सव एवम् अभिभावक दिवस
अ अ+ अ-

काठमाडौं । बालुवाटार स्थित युनिभर्सल कलेज प्रिपरेटरी स्कुलले यही फाल्गुण १३ गते शनिबार आफ्नो प्राङ्गणमा विद्यालयको २७औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस भब्यताका साथ मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सन् १९९१–१९९४ सम्म संयुक्त राष्ट्र संघका लागि नेपालका राजादूत प्रा.डा.जयराज आचार्य आमन्त्रित हुनुहुन्थ्यो भने सो क्षेत्रका समाजसेवी एवम् सामाजिक अभियन्ताहरुको कार्यक्रममा राम्रो उपस्थिती थियो ।

विहान ११ बजेबाट सुरु गरिएको कार्यक्रममा पूर्व प्राथमिक देखि कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य, गायन, वाद्यवादन, नाट्यकला आदिका क्षेत्रमा आफ्नो कौशल अभिभावक एवम् आमन्त्रित पाहुनाहरुलाई देखाएका थिए ।

नेवारी, तमाङसेलो देखि हिपहप सम्मका नृत्यहरु तथा देशप्रेम र बिभेद विरुद्दका गीतहरु प्रस्तुत गरेर विद्यार्थीहरुले चार घण्टाको सो कार्यक्रममा आगन्तुकहरुको ध्यान बाँधेर राख्न सफल देखिन्थे । हाम्रो संस्कृती हाम्रो पहिचान भन्ने नाराका साथ प्राथमिक तहका विद्यार्थिहरुले हाम्रा पर्वहरुको बारेमा गरेको सांस्कृतिक प्रस्तुती तथा अभिभावक र विद्यार्थीले सामाजिक संजालको अत्याधिक प्रयोग गर्दा अहिले हाम्रो परिवार र समाजमा देखिएको विसंगती बारेको अङ्ग्रेजी नाटक “नो सोसल मिडिया“ ले दर्शकहरुमा राम्रो छाप छाडेका थिए ।

प्रमुख अतिथी प्रा.डा. आचार्यले बालबालिकाको शैक्षिक विकासमा विद्यालयको मात्रै नभइ अभिभावकको पनि भूमिका रहने र चरित्र निर्माणमा त यो झन् अहम् हुने कुरा आफ्नो मन्तव्यमा राख्नु भयो । विद्यार्थीहरुको कौशलको प्रशंसा गर्दै पुर्व मन्त्री एवम् शिक्षासेवी श्री राधाकृष्ण मैनालीले विद्यालयको प्रगतिको शुभकामना दिनु भएको थियो । विद्यालयका अध्यक्ष पुर्व सचिव श्री श्याम प्रसाद मैनालीले विद्यालयलाई नयाँ उँचाइमा पुर्याउन सहयोग गर्न अभिभावकहरुलाई आग्रह गर्नु भयो भने कोभिड प्रकोपका कारण दुई वर्ष पश्चात विद्यालयको वार्षिकोत्सव हर्सोल्लासकासाथ मनाउन पाउँदा सबै खुशी भएको प्रधानअध्यापक सागरमणि शिवाकोटीको कथन थियो ।

प्रख्यात टुँडालदेवी मन्दिर छेवैमा अवस्थित युनिभर्सल कलेज् प्रिपरेटरी स्कुल बि.सं. २०५२ मा स्थापित भएको र सो क्षेत्रको पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा यसको पहिचान रहेको छ ।