२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो



अ+ अ-

एजेन्सी । आईसिसी महिला टि-२० विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ ।

घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अष्ट्रेलियाले छैटौं पटक महिला टि २० विश्वकपको उपाधी जितेको हो ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३७ रन मात्र बनायो । दक्षिण अफ्रिकाको लागि ओपनर लौरा वोल्भार्डटले ४८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाईन ।

अष्ट्रेलियाको लागि मेगन स्कट, एलिसा गार्डनर, डार्सी ब्राउन र जेस ज्यानसेनले एक–एक विकेट लिए ।

त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । अष्ट्रेलिया ओपनर बेथ मुनिले ५३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिइन् ।

अफ्रिकाकि सबनिम इस्मालीले ४ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिईन् । मरिजान क्यापले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिईन् ।




भर्खरै