२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो



अ+ अ-

एजेन्सी । आईसिसी महिला टि-२० विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ ।

घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अष्ट्रेलियाले छैटौं पटक महिला टि २० विश्वकपको उपाधी जितेको हो ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३७ रन मात्र बनायो । दक्षिण अफ्रिकाको लागि ओपनर लौरा वोल्भार्डटले ४८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाईन ।

अष्ट्रेलियाको लागि मेगन स्कट, एलिसा गार्डनर, डार्सी ब्राउन र जेस ज्यानसेनले एक–एक विकेट लिए ।

त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । अष्ट्रेलिया ओपनर बेथ मुनिले ५३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिइन् ।

अफ्रिकाकि सबनिम इस्मालीले ४ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिईन् । मरिजान क्यापले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिईन् ।