१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कतार भ्रमणमा नजाने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन कतार नजाने हुनुभएको छ । यसअघि कतारको दोहामा हुने सममेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जानुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।

तर फागुन १९ गते जाने निश्चित भइसकेपछि के कारणले भ्रमण रद्द भएको भन्नेबारे केही बताइएको छैन । राष्ट्रपतिको निर्वाचनलाई लिएर सम्भवत: उहाँले भ्रमण रद्द गर्नुभएको हुनसक्ने बताइएको छ । कतार भ्रमणबाट उहाँ फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम थियो ।

यसैबीच प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोक्नुभएको छ । मानवअधिकार परिषद्को ५२ औँ सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले उहाँको भ्रमण रोक्नुभएको हो ।

आठ दलको नयाँ गठबन्धन बनेपछि नेकपा ९एमाले० बाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाउनुभएको हो ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाने तयारीमा हुनुहुन्थ्यो ।

तस्बिरः प्रदीपराज वन्त-रासस