१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्रधानमन्त्री कतार भ्रमणमा नजाने

प्रधानमन्त्री कतार भ्रमणमा नजाने
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन कतार नजाने हुनुभएको छ । यसअघि कतारको दोहामा हुने सममेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जानुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।

तर फागुन १९ गते जाने निश्चित भइसकेपछि के कारणले भ्रमण रद्द भएको भन्नेबारे केही बताइएको छैन । राष्ट्रपतिको निर्वाचनलाई लिएर सम्भवत: उहाँले भ्रमण रद्द गर्नुभएको हुनसक्ने बताइएको छ । कतार भ्रमणबाट उहाँ फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम थियो ।

यसैबीच प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोक्नुभएको छ । मानवअधिकार परिषद्को ५२ औँ सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले उहाँको भ्रमण रोक्नुभएको हो ।

आठ दलको नयाँ गठबन्धन बनेपछि नेकपा ९एमाले० बाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाउनुभएको हो ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाने तयारीमा हुनुहुन्थ्यो ।

तस्बिरः प्रदीपराज वन्त-रासस