१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिमा मरिहत्ते गरिनँ – माधव नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

धनुषामा प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । सरकार पुनर्गठनबारे छलफल नभएको बताउँदै एमालेलाई सरकारबाट किन निकाल्ने भन्दै उनले प्रश्न समेत गरे ।

एमाले नेताहरुले तपाईलाई राष्ट्रपतिको अवसर पाएर ठूलो अवसर गुमाउनुभयो भन्दैछन् भन्ने प्रश्नमा नेपालले भने, ‘मैले नेपाली कांग्रेस र माओवादीलाई धोखा दिएको भए र सबै खालको जोखिम मोलेको भए पक्कै पनि हुन सक्थ्यो । मैले कांग्रेस र माओवादीलाई धोखा दिनु र राष्ट्रपति पदको निम्ति मरिहत्ते गर्ने काम गर्नु उचित ठानिनँ ।’