• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

राष्ट्रपतिमा मरिहत्ते गरिनँ – माधव नेपाल



file

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

धनुषामा प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । सरकार पुनर्गठनबारे छलफल नभएको बताउँदै एमालेलाई सरकारबाट किन निकाल्ने भन्दै उनले प्रश्न समेत गरे ।

एमाले नेताहरुले तपाईलाई राष्ट्रपतिको अवसर पाएर ठूलो अवसर गुमाउनुभयो भन्दैछन् भन्ने प्रश्नमा नेपालले भने, ‘मैले नेपाली कांग्रेस र माओवादीलाई धोखा दिएको भए र सबै खालको जोखिम मोलेको भए पक्कै पनि हुन सक्थ्यो । मैले कांग्रेस र माओवादीलाई धोखा दिनु र राष्ट्रपति पदको निम्ति मरिहत्ते गर्ने काम गर्नु उचित ठानिनँ ।’