• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा

ती व्यक्ति जसले २२ वर्ष लगाएर एक्लै पहाड फुटाइ बाटो बनाए



एजेन्सी । भारतको बिहारस्थित गेहलौर गाउँमा सन् १९२९ मा मुसहर परिवारमा जन्मिएका थिए दशरथ माझी । उनी सानै उमेरमा घर छाडेर धनबादको कोइला खानीमा काम गर्न थाले ।

उनले घर फर्किएसँगै गाउँकै फाल्गुनी देवीसँग बिहे गरे । उनको गाउँसँगै ठूलो पहाड थियो । जसले हिँडडुल गरेर अन्य ठाउँमा जान अवरोध गरेको थियो ।

जब उनलाई खाना लिएर जाँदै गर्दा त्यस पहाडमा पत्नि लडिन् र उनको मृत्यु भयो । उनलाई यदि अस्पताल पुर्याउन सकेको भए उनको उपचार हुन्थ्यो र उनले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो । तसर्थ दशरथ माझीले एक्लै आफ्नो बलले पहाडको बीचबाट बाटो निकाल्ने सङ्कल्प गरे । उनले एक्लै केबल हथौडा र गलको भरमा पहाड फोर्न सुरु गरे ।

करीब २२ वर्ष लगाएर उनी सफल बने । उनलाई काम सुरु गर्दा सबैले पागल भन्ने गर्थे । कसैले विश्वास गरेनन् की केबल एक व्यक्तिले हथौडा र गलको भरमा पहाड फुटाएर बाटो बनाउन सक्छ । उनले ३६० फुट लामो ३० फुट चौडाई र २५ फुट उचाई रहेको पहाडलाई फोरेर एक सडक निर्माण गरे । उनले पहाड फोरेर गयाको अतरी र वजीरगञ्जको ८० किलोमिटरको दूरीलाई केवल १३ किलोमिटरको दूरी बनाए ।

सन् २००७ मा उनको मृत्यु भयो । तर उनको नाम सधैँभरी रहन गयो । उक्त बाटोमा ‘माझी पथ’ भनी लेखिएको छ । उनको जीवनीमा आधारित रहेर थुप्रै डकुमेन्ट्री पनि बनेको छ । यसैगरि उनकै जिवनीमा आधारित ‘माझी द माउन्टेन म्यान’ नामक बलिउड फिल्म निर्माण भएको छ ।