१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी–२० सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल भारतको बेङ्गलोरमा आयोजित जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिई शनिबार राति स्वदेश फर्कनुभएको छ ।

उहाँले जी–२० सम्मेलनमा भाग लिनुका साथै भारतीय अर्थमन्त्री निर्मला सीतारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवैलगायतसँग भेट गर्नुभएको थियो । साथै उहाँले उहाँहरुकोसँगको भेटमा अर्थतन्त्र र विकासका विविधि आयामबारे छलफल गर्नुभएको जनाइएको छ ।

शुक्रबार र शनिबार सम्पन्न जी–२० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत जानुभएको थियो । नेपाल जी–२० को सदस्य मुलुक होइन । यद्यपि सम्मेलनमा भाग लिन भारतले निमन्त्रणा गरेको थियो ।