१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले प्रदेश १ को सरकार तत्काल नछाड्ने



अ+ अ-

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ सरकारबाट तत्काल नबाहिरिने भएको छ ।

राप्रपाका मन्त्रीहरूले संघ र अन्य केही प्रदेशमा राजीनामा दिएपनि प्रदेश १ मा सहभागी मन्त्रीहरू भने तत्काल नबाहिरिने भएका हुन् ।

केन्द्रभन्दा प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै यसबारे निर्णय लिने राप्रपा नेताहरूले बताए । राप्रपाले आज सरकारका विषयमा निर्णय गर्न प्रदेश कमिटीको बैठक बोलाएको छ ।

गत पुस २४ गते एमाले संसदीय दलका नेता हिकमत कार्कीको नेतृत्वमा गठन भएको १ नम्बर प्रदेश सरकारमा ६ सीट रहेको राप्रपाले कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।