१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको पत्रले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खुल्यो: एस प्रवक्ता खतिवडा



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिका उमेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्रले दुईपार्टी बिच सम्बादका लागि बाटो खुलेको जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ-नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्षलाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उमेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेख्नु भएको छ। यसको लागि धन्यवाद ।यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ। राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ।

एमालेले आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै एकीकृत समावादीलाई पत्र पठाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै एमालेका उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति निर्वाचनमा मतदान गर्न आग्रह गर्दै पत्र पठाउनु भएको थियो ।

पत्रमा राष्ट्रपतिको निर्वाचनमा मतदाताका रुपमा रहेका एकीकृत समाजवादीका प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्यहरुलाई एमालेको उम्मेदवारलाई मतदान गरी सघाउन ओलीले अनुरोध गर्नुभएको छ ।