१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा असार ३१ गते हुने तय



अ+ अ-

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीको स्थगित साधारण सभा असार ३१ गते हुने तय भएको छ । कम्पनीको २४ औं वार्षिक असार १७ गतेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । 

यसअघि चैत २७ गतेका लागि बोलाएको सभा गणपुरक संख्या नपुगेकाले स्थगित गरिएको थियो । सभाले गत आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गरेको छ । साथै गत चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुंगो लगाउने जनाएको छ ।

यस अघि स्थगित सभाका लागि कम्पनीले चैत १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको थियो । सभा प्रयोजनका लागि भने यसअघि तय गरेकै बुक क्लोजको मितिलाई नै लागू गर्ने कम्पनीको भनाइ छ ।