२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ: उम्मेदवार नेम्वाङ(भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ ।

शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफू सबै हिसावले संविधानको परिपालना गर्न लाग्ने दाबी गर्नुभयो । उहाँले स्वस्थ प्रतिष्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले व्यवहारमा जनताको राष्ट्रपति अनुभुत हुने ढंगले काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै हिसावले संविधानको परिपालना गर्न लाग्नेछु । आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास भएर नै उठिरहेको हो । स्वस्थ प्रतिष्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न लाग्नेछु । अब जनताको राष्ट्रपतिको व्यवस्था गरेका छौँ । व्यवहारमा जनताको राष्ट्रपति अनुभुत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ । हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरुको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भुमिका निर्वाह गरेँ । संविधानको संरक्षक हुने अवसर पाएको छु ।’

संविधान सभा अध्यक्ष एवं पूर्व सभामुखसमेत रहनुभएका उहाँले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताउनु भयो । उम्मेदवार नेम्वाङको प्रश्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज बिष्ट, रघुबीर महासेठ र छविलाल विश्वकर्मा रहनुभएको छ भने समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको छ ।