२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डजीले आठ दललाई चिया खान बोलाएको हो भोट एमालेलाई हाल्नु हुन्छ: ओली



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने दाबी गर्नुभएको छ ।

ललितपुरको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘अलिकति प्रचण्डजीले मलाई अप्ठेरो पर्‍यो, दबाब पर्‍यो भनिराख्नुभएको छ। उहाँले पुस १० गतेको सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग यकिन नै छ,। ’ आठ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे संञ्चारकर्मीले राखेको प्रश्नमा उहाँले भन्नुभयो आठ दललाई चिया खान बोलाएको जति सबै भोट हुन्छ?।’

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।