१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले कांग्रेसबाहेक अन्य दलसँग राष्ट्रपति उम्मेदवारी विषयमा छलफल गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका पार्टीका उपाध्यक्ष नेम्वाङलाई जिताउनका लागि नेपाली कांग्रेसबाहेकका राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको १७औँ सचिवालय बैठकले सो निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

“पार्टीले उठाएको राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका लागि कांग्रेसको आफ्नो उम्मेदवार भएका कारण कांग्रेसबाहेक सबै पार्टीलाई आजै हामीले सहयोगका लागि पत्राचार गर्ने छौँ”, उनले भने, “सबै पार्टीसँग सहयोगका लागि निरन्तररुपमा छलफल जारी राख्ने छौँ । कांग्रेसबाहेक सबै दललाई राष्ट्रपतिमा हामीलाई सहयोग गर्नका लागि सहमतिमा ल्याउने प्रयत्न गर्ने छौँ ।”

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । यस्तै बैठकले पार्टीको अर्थ तथा विभागको सचिवमा डा दीपकप्रकाश भट्टलाई जिम्मेवारी दिने निर्णय गरेको उनले जानकारी दिए । यस्तै प्रचार विभाग प्रमुख गुरुङका अनुसार बैठकले एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई हटाएको छ ।