३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्र पौडेलले दिउँसो २ बजेपछि उम्मेदवारी मनोनयन गर्ने



अ+ अ-

काठमाडौँ । आठदलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न लागेका कांग्रेस नेता रामचन्द्र पौडेलले दिउँसो २ बजेपछि उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् ।

नेपाले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेपछि नेता पौडेलले २ बजे संसद् भवन पुगेर उम्मेदवारी मनोनयन गर्ने तयारी गरेका हुन् ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।