१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सांसद चौधरीको नाम मतदाता नामावलीमा समावेश

सांसद चौधरीको नाम मतदाता नामावलीमा समावेश
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ट्र्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो । उहाँलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो । उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित हुनुभएको थियो ।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उहाँको निलम्बन फुकुवा भएको थियो । उहाँ यही आइतबार कारागार मुक्त हुनुभएको थियो । निलम्बन फुकुवा भएसँगै उहाँको सांसद पद कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य सङ्गीता मण्डल धानुक, राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङ, प्रदेशसभा सदस्य सरस्वती खड्का र सञ्जुकुमार चौधरीको विवरण सच्याएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । नामावली सच्याएर कार्यालयले आजै अपराह्न ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार उम्मेदवारको मनोनयन तोकिएको छ । भोलि बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिने कार्यतालिका छ । रासस