• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक: सांसद महत(भिडियोसहित)



file

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिनुभएको बताउनुभएको छ ।

शुक्रवार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समथृन गर्न सकारात्मक रहेको दाबी गर्नुभएको हो ।

सांसद महतले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताउनु भयो । उहाँले काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले आज साँझ बस्ने चार दलीय बैठकले सो निर्णइ गर्नेपनि बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिका लागि योग्य भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छलफल राष्ट्रपतिकै विषयमा हो । हामीले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो । त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो । अन्य दलहरुले पनि सकारात्मक कुरा नै गर्नुभएको छ । त्यसै सिलसिलामा पनि छलफल भएको छ, बेलुका पनि छलफल हुँदैछ ।’

‘आज बेलुकासम्म त्यहाँबाट एउटा निस्कर्ष निस्किन्छ । भोलि त नोमिनेसन गर्नु नै छ । राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्दा सरकारको समर्थनमा कुनै समस्या आयो भने त्यसपछि यस विषयमा सोच्न सकिन्छ । माधवजी राष्ट्रपति पदको लागि अत्यन्त योग्य नेता पनि हुनुहुन्छ तर हामीले अहिले के भनेका छौँ भने नेपाली काँग्रेसबाट नै राष्ट्रपति बन्नुपर्छ भनेर भन्दै आएका छाँै । त्यसमा उहाँको सहयोगको अपेक्षा गरेका छौँ ।’

सांसद महतले संविधानको रक्षाका लागि नेपाली काँग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताउनु भयो ।