२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा मेट्रो रेल बनाउने नेतृत्व लिन चिरिबाबुको बालेनलाई पत्र



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गर्दै पत्र बुझाउनुभएको छ ।

उहाँले उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएको भन्दै संघीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ महानगरले मेट्रो रेलका लागि लिनुपर्ने बताउनुभयो । उहाँले यस कार्यमा ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगर प्रमुख बालेनलाई पत्र बुझाउँदै ललितपुर महानगर प्रमुख महर्जनले भन्नुभयो, “उपत्यकाका दुई महानगर बीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौँ । यसका लागि ललितपुर काठमाडौंको सहयात्री बन्छ । काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ ।” उहाँका अनुसार उपत्यकाका अन्य नगरपालिकासँगको हातेमालो पनि अपरिहार्य भइसकेको छ ।

उहाँले मेट्रो रेल बनाउन धेरै खर्च र समय लाग्ने भए पनि निर्णय नगर्नु किमार्थ ठिक नहुने भन्दै काठमाडौँ उपत्यकालाई बस्नयोग्य सहर बनाउन मेट्रो रेल नल्याई सुख नभएको बताउनुभयो ।
उनले मेट्रोको निर्माणमा ढिला गर्न नहुने भन्दै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य हुने बताए । ‘अब पनि काठमाडौं उपत्यकामा मेट्रो नबनाउने हो भने सन्ततिले हामीलाई धिक्कार्छन्’ उनले भने ।

काठमाडौ महानगर प्रमुख बालेनले आफूलाई पनि काठमाडौँ उपत्यकामा मेट्रो रेल अत्यावश्यक भइसकेको महसुस भएको बताउनुभयो । उहाँले उपत्यकाका अन्य नगरपालिकासँग मेट्रो रेलका सन्दर्भमा योजनाबद्धरुपमा छलफल गर्ने जानकारी दिनुभयो ।

उहाँले काठमाडौं महानगरले पनि मेट्रो रेलका बारेमा अनौपचारिक रुपमा सोधखोज गरिरहेको तर दीर्घकालीन रुपमा हेरेर योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले महर्जनलाई भन्नुभयो, “योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चार वर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुशी र सुख दिन सक्दैन ।”