६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया छनोट: नेपालद्वारा सिगांपुरलाई २६२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले सिगांपुरलाई २६२ रनको लक्ष्य दिएको छ ।

यूएईको ईडन ग्राडेन ओभल अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा ७ विकेटको क्षतिमा २६१ रन बनायो ।

नेपालको लागि आकाश त्रिपाठीले सर्वाधिक ७८ रनको अर्धसतकिए इनिङ खेले । पहिलो पटक यू–१९ राष्ट्रिय टोलीमा स्थान बनाएका उनले १ सय बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

यसैगरी, विशाल बिक्रम केसीले ४ चौका र २ छक्काको सहयोगमा ६३ रनको अर्धसतक बनाए । ओपनर अर्जुन कुमाल ३७ रनमा आउट हुदा कप्तान देव खनाल २१ रनमा सिमित रहे । यस्तै, दिपक बोहोराले १७ रन बनाए भने सुवास भण्डारी १२ रनमा अविजित रहे ।

सिगांपुरका लागि आर्यभार चौधरी र अभ्युदय छन्जिरले समान २/२ विकेट लिए ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।