९ श्रावण २०८३, शनिबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया छनोट: नेपालद्वारा सिगांपुरलाई २६२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले सिगांपुरलाई २६२ रनको लक्ष्य दिएको छ ।

यूएईको ईडन ग्राडेन ओभल अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा ७ विकेटको क्षतिमा २६१ रन बनायो ।

नेपालको लागि आकाश त्रिपाठीले सर्वाधिक ७८ रनको अर्धसतकिए इनिङ खेले । पहिलो पटक यू–१९ राष्ट्रिय टोलीमा स्थान बनाएका उनले १ सय बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

यसैगरी, विशाल बिक्रम केसीले ४ चौका र २ छक्काको सहयोगमा ६३ रनको अर्धसतक बनाए । ओपनर अर्जुन कुमाल ३७ रनमा आउट हुदा कप्तान देव खनाल २१ रनमा सिमित रहे । यस्तै, दिपक बोहोराले १७ रन बनाए भने सुवास भण्डारी १२ रनमा अविजित रहे ।

सिगांपुरका लागि आर्यभार चौधरी र अभ्युदय छन्जिरले समान २/२ विकेट लिए ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।