९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया छनोट: सिंगापुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोट खेलमा सिंगापुरविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्दै छ । युएईको इर्डेन गार्डेन्स आजमानमा खेल भईरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १७ ओभर खेल्दा एक विकेटको क्षतिमा ७२ रन बनाएको छ ।

प्रतियोगितामा सिंगापुरलाई हराउँदै नेपाल सानदार सुरुवात गर्न चाहन्छ । यूएई जानु अघि बिदाइ कार्यक्रममा बोल्दै नेपालका कप्तान देव खनालले राष्ट्रलाई गर्व गराउने फोकसमा टिम अघि बढेकोले यूएईबाट विजेता ट्रफि लिएर फर्कने बताएका थिए ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।

नेपालको प्लेइङ ११ : दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी, हेमन्त धामी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपक बोहरा र मिलन बोहरा ।