२१ मंसिर २०८२, आईतवार
,
Latest
जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया छनोट: सिंगापुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोट खेलमा सिंगापुरविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्दै छ । युएईको इर्डेन गार्डेन्स आजमानमा खेल भईरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १७ ओभर खेल्दा एक विकेटको क्षतिमा ७२ रन बनाएको छ ।

प्रतियोगितामा सिंगापुरलाई हराउँदै नेपाल सानदार सुरुवात गर्न चाहन्छ । यूएई जानु अघि बिदाइ कार्यक्रममा बोल्दै नेपालका कप्तान देव खनालले राष्ट्रलाई गर्व गराउने फोकसमा टिम अघि बढेकोले यूएईबाट विजेता ट्रफि लिएर फर्कने बताएका थिए ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।

नेपालको प्लेइङ ११ : दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी, हेमन्त धामी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपक बोहरा र मिलन बोहरा ।