२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेससहित चार दलको बैठक जारी रहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु सहभागी रहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयको अनुसार बैठक राष्ट्रपति पदको निर्वाचनका विषयमा केन्द्रित रहनेछ ।

विहिाबार माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक बसेको थियो । आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन बन्ने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन हुनसक्ने बताईएको छ ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् ।

राष्ट्रपति निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।