२ पुष २०८२, बुधबार
,
Latest
खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै



अ+ अ-

काठमाडौं । आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज शुक्रबार हुदैछ ।

दोस्रो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचमा खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बाट सुरु हुनेछ ।
समूह ‘बी’को शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड चार संस्करणको फाइनलमा पुग्दा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिका हालसम्म फाइनल पुग्न सकेको छैन ।

एक आपसविरुद्ध भएको पाँच खेलमा इंग्ल्याण्डले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक जित हात पारेको छ ।

आजको विजेताले फाइनलमा अष्ट्रेलियासँग खेल्नेछ । बिहिबार भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलिया भारतलाई हराएर फाइनलमा पुगेको थियो ।