२८ भाद्र २०८३, आईतवार
,
Latest
आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौता राष्ट्रघाती भएकोले संसदबाट पास गर्न नहुने- भीम रावल (भिडियो)



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमालेका नेता भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले संसदबाट पास गर्न नहुने बताउनु भएको छ । 

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद रावलले यस्तो बताउनु भएको हो । उहाँले एमसीसी सम्झौताको धारा ५ का उपधाराहरुमा अमेरिकाको वर्तमान कानून र भविष्यको कानून मान्नुपर्ने लेखेको उल्लेख गरिनुका साथै एमसीसीलाई सन्तुष्ट हुनेगरी भारतको सहमति लिएर योजना छान्नुपर्ने कुरा रहेकोले एमसीसी राष्ट्रघाती हुनुका साथै नेपालको स्वाधिनता र स्वाभिमानबिरोधी भएको बताउनु भयो । सांसद रावलले एमसीए नेपालले विभिन्न मन्त्रालयहरुसँग सम्झौता गर्न उचित नहुने पनि बताउनु भयो ।

सांसद रावलले भन्नुभयो, ‘म स्पष्ट शब्दमा भनिरहेको छु । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग भएका मुल सम्झौता, कार्यान्वयन सम्झौता, त्यसपछि गरेका झन्डै एक दर्जन सम्झौतहरुका थुप्रै प्रावधानहरु राष्ट्रघाती छन् । त्यसले हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान, आत्मनिर्णयको अधिकारलाई कुण्ठित गर्छ । हाम्रो नेपालको संविधान बमोजिम हामी जो निर्वाचित व्यक्तिहरुले कसैको डर नमानी आफ्नो राष्ट्रको हीतमा उभिनेछौँ भन्ने जुन शपथ खाएका छौँ । कुनै पनि पार्टीको नेता, संसदको सदस्यले शपथको बिरुद्धमा गएर एमसीसीका राष्ट्रघाती सम्झौताका कतिपय प्रावधानहरुलाई  मान्न हुँदैन । हामीले कुनै चीनले भारतले अमेरिकाले के गर्छ भनेर यो कुरा भनिरहेका छैनौँ ।

हामी आफ्नो देशको कुरा गरिरहेका छौँ र त्यो सम्झौताका प्रावधानमा के लेखेको छ, त्यसको कुरा गरिरहको छौँ । सम्झौताको धारा ५ मा धेरै उपधाराहरु छन् । अमेरिकाको वर्तमान कानून र भविष्यको कानून मान्नुपर्ने लेखेको छ । त्यसको अनुसूचि ५ मा एमसीसीलाई सन्तुष्ट हुनेगरी भारतको सहमति लिएर योजना छान्नुपर्ने लेखेको छ । अहिले भर्खरै एमसीए नेपालले विभिन्न मन्त्रालयहरुसँग सम्झौता गरेको छ । जबकी एमसीए नेपाल भनेको अर्थ मन्त्रालय अन्तर्गतको विकास समिति अन्तर्गतको सानो कार्यालय भनेको छ । त्यो कार्यालयले मन्त्रालयलाई नियन्त्रण गर्ने सम्झौता गराउने कुन कानून हो रु दफा ५ र ६ मा अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थभन्दा विपरित् कुनै पनि काम गर्न नपाइने कुरा छ भने अर्को कुरा यो कम्प्याक्ट र यस सम्झौतासँग नमिल्ने गरी कसैसँग पनि कुनै काम गर्न नपाइने छ । यो कुरा कुनै देशसँग नभइ हाम्रो देशको परराष्ट्र नीति, स्वाधिनता, स्वाभिमानँग सम्बन्धित छ ।’