• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

तीन दलले माधवका नाममा सहमति खोज्ने,पुरानो गठबन्धन ब्युँताउने कि नयाँ बनाउने भन्ने बहस



काठमाडौं । राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल गर्न निर्वाचन अघिको पाँचदलीय गठबन्धनको बैठक बस्दैछ ।

बिहान आठ बस्ने प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा पाँचदलीय गठबन्धन ब्युँताउने वा अन्य बिकल्पमा जाने बारे छलफल हुने जनाईएको छ । बिहिबार अबेर सम्म चलेको तीन दल माओवादी, एकीकृत समाजवादी र जसपाको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तयारी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको थियो । तीनदलले नेपालको नाममा राष्ट्रिय सहमति जुटाउन कांग्रेस र एमालेसँग पनि छलफल गर्ने उनको नाममा राष्ट्रिय सहमति जुटाउन कांग्रेस र एमालेसँग पनि छलफल गर्ने भएका छन् ।

बिहान कांग्रेससँग र दिउँसो एमालेसँग छलफल गर्ने तयारी गरेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिनुभयो ।

शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदै छ ।