• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

तीन दलको बैठक निष्कर्षविहीन



काठमाडौं । राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा0 का नेताहरूबीचको छलफल सकिएको छ ।

सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापकरूपमा छलफल गर्‍यौँ, हामीले हाम्रो पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउनका लागि प्रस्ताव पनि गर्‍यौँ तर केही निर्णय हुन सकेको छैन ।” वाम–समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको उहाँको भनाइ छ ।

राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको बैठक बसेको हो । बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुभएको थियो ।

यसअघि आजै जसपाका अध्यक्ष यादवले उपराष्ट्रपतिको निर्वाचनको सवालमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् । रासस