१४ असार २०८३, आईतवार
,
Latest
नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन नभए देश दुर्घटनामा जान्छ: गुरुङ



अ+ अ-

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताएका छन् ।

रफत सञ्चार क्लबले आज बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनु पर्न बताउँदै राष्ट्रपतिको सवालमा दलहरु कोलिसनमा जान नहुने बताए ।

उनले सरकार परिवर्तनका लागि गठबन्धनको स्वरुप परिवर्तन हुन सक्ने भएता पनि राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल बिदेशीको क्रिडा स्थल बन्दै दुर्घटनाको बाटो तर्फ जाने बताए ।

राष्ट्रपति त्यस्तो ब्यक्ति हुनु पर्यो जो सर्वमान्य, संविधानको रक्षक र मूलुकमा परिवर्तन भएको गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वधिनताको रक्षकसँगै सबै दलको साझा व्यक्तिको चयनतर्फ लाग्नु पर्नेमा गुरुङले जोड दिए ।

बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरुको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने तर्फ स्वयम दलहरुनै लागि परेकाले निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्नेमा गुरुङले जोड दिए ।

पछिल्लो समय सरकारमै बसेर गणतन्त्र समाप्त गर्ने योजनाहरु बाहिर देखिएको बताउँदै गुरुङले नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापामा देखाएको हर्कतले के संकेत गर्छ भन्दै प्रति प्रश्न गरे ।

रास्वपाका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको गुरुङको भनाइ छ ।

पूर्व राजा ज्ञानेन्द्रले संविधानको उल्लंघन गर्दै बाहिर ल्याएको वक्तव्य तर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेर निरन्तरता दिनेहरुको समुहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै समयमै यस तर्फ ध्यान दिनु पर्ने गुरुङले बताए ।