२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको आकर्षक गन्तव्य बन्दै सिन्धुपाल्चोकको ओखरेनी



अ+ अ-

चैतारा । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चेस्थित ओखरेनी डाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको सो स्थललाई भूकम्पपछि पुन:निर्माण गरी सुन्दर बस्ती बनाइएको थियो । बौद्धमार्गीको बसोबास रहेको यस क्षेत्रमा सेता आकर्षक गुम्बा र स्तूपा छन् । यसले यहाँको सुन्दरतालाई थप अब्बल बनाएको छ ।

बाटैभरी टाँगिएका ध्वजापताका, वरिपरि राता जस्ताका एकैनाश घर, बस्तीको बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका तथा हरेक बिहान देखिने लाङ्टाङ हिमालले यो गाउँलाई थप आकर्षित बनाएको छ । साथै पुस, माघमा बाक्लो हिउँ पर्ने भएकाले पनि यहाँ पर्यटकको आकर्षण झन बढेको छ ।

प्राकृतिक दृश्यका लागि मात्रै नभई अर्गानिक खाद्य तथा नगदेबालीका लागि पनि ओखरेनी प्रख्यात छ । यहाँ आलु, मुला, धान उत्पादन हुन्छ । चिसो ठाउँ भएकाले यहाँ धान नौ महिनामा मात्रै पाक्छ । जङ्गली बँदेलले दु:ख दिन थालेपछि किसानले आलु, मुला लगाउन विस्तारै छाडेका छन् । “यसको विकल्प अहिले किबी खेती सुरु गरिएको छ । गाउँमा अहिले तीन हजारभन्दा बढी बिकीका बिरुवा रोपिएका छन्”, स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पा भन्नुभयो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिज मार्न प्रतिबन्ध छ । त्यसैले पनि स्थानीयवासीले अन्य बालीको विकल्पमा किबी रोजका हुन् । यहाँको हावापानीअनुसार किबीको उत्पादन राम्रो हुने भएकाले पालिकाले पनि बिकी पकेट क्षेत्र घाषणा गरेर किसानलाई प्रोत्साहन गरेको स्थानीय बताउँछन् ।

यहाँ आउने आगन्तुकलाई सम्मानका साथ घरमा नै बास दिने गरिन्छ । पछिल्लो समय यहाँ पर्यटकको चासो बढ्न थालेपछि होमस्टेको तयारीमा छन् स्थानीयवासी । “हामी होमस्टेको तयारीमा छौँ, हामी कर तिर्छौं, त्यसका लागि गाउँपालिकाले सहयोग गर्नुपर्छ”, स्थानीयवासी पदमबहादुर लामाले भन्नुभयो । अहिले ठाउँ अभावका कारण ठूलो सङ्ख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै स्थानमा राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

काठमाडौँको साँखुदेखि ५८ किलोमिटरको दू्रीमा पर्ने ओखरेनी डाँडा आकर्षक गन्तव्यस्थल भए पनि ओझेलमा परेको छ । काठमाडौँ–बनेपा–पाँचखाल–जिरोकिलो–मेलम्ची–नवलपुर–गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ । जिल्ला सदरमुकाम चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगेर उकालो लागेपछि मनोरम दृष्य अवलोकन गर्दै सानो ओखरेनी पुग्न सकिन्छ । रासस