२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसम्मत भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्छु– माधव नेपाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पदलोलुप देखिएर आफू राष्ट्रपति नहुने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेमटमा उहाँले सर्वसम्मत भए मात्र आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको बताइएको छ ।

“पदलोलुप देखिएर राष्ट्रपति हुन्न, सर्वसम्मति भए उम्मेदवार हुन्छु”, बैठकमा सहभागी एक नेताले नेपाललाई उद्धृत गर्दै भन्नुभयो । नेता नेपाललाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको थियो ।

बिहीबार नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीबीच यसै विषयमा छलफल हुँदैछ । प्रधानमन्त्री प्रचण्डले पनि नेपालको प्रस्तावमाथि छलफल गर्ने जवाफ दिनुभएको थियो ।