• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै



काठमाडौँ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच बिहीबार बैठक बस्ने भएको छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटमा राष्ट्रपति उम्मेदवार र विगतको पाँच दलीय गठबन्धन ब्युँताउने विषयमा कुनै निष्कर्ष ननिस्केको दुवै नेताले बताउनुभएको थियो । भेटमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्छ भन्दा प्रधानमन्त्री प्रचण्डले आफू सो प्रस्तावमा सहमत भएको तर नेपाली कांग्रेससँग पनि कुराकानी गर्नुपर्ने बताउनुभएको थियो ।

नेपाली कांग्रेससँग आजै साँझ ५ बजे छलफल गर्ने तयारी रहेको बताइएको छ । सोअघि माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको हो ।