२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको विश्वास– प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुहुन्न



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समर्थन नगर्ने दाबी गरेका छन् ।

जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रमपछि संचारकर्मीसँग बोल्दै ओलीले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका हुन् ।

संचारकर्मीले सोधेका ‘प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समर्थन गर्नुभयो भने गठबन्धन के हुन्छ ?’ भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’