१८ भाद्र २०८३, बिहीबार
,
Latest
भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकार सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री खनाल बंगलादेश प्रस्थान



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा हुन गइरहेको ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानव अधिकारको अवस्था’ नामक सम्मेलनमा प्रमुख अतिथिकन रुपमा सहभागी हुन आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री खनालको साथमा उहाँकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य ताज मोहम्मद मियाँ, नेकपा ९एकीकृत समाजवादी० पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडा रहनुभएको छ ।

पूर्वप्रधानमन्त्री खनालले भोलि ढाकास्थित सर्वोच्च अदालतमा आयोजित ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुनेछ । भोलि नै पूर्वप्रधानमन्त्री खनाल र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । साथै, अन्य उच्चस्तरीय भेटवार्ताहरु पनि तय भएको छ ।