२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हेराफेरी ३’ मा अक्षय कुमारको इन्ट्री



अ+ अ-

एजेन्सी । बलिउडको चर्चित फिल्म ‘हेरा फेरी ३’ को सुटिङ सुरु भएको छ । फ्यानहरूले लामो समयदेखि फिल्मको तेस्रो भागको माग गर्दै आएका थिए । विशेष कुरा के छ भने अक्षय कुमार पनि यो फिल्मको हिस्सा बनेका छन् ।

फिल्मको सुटिङ सेटबाट अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको तस्बिर सार्वजनिक भएको हो । यो तस्बिरमा तीनै कलाकार फिल्ममा आफ्नो क्यारेक्टरको गेटअपमा देखिएका छन् ।

केही समय पहिले अक्षय कुमारले यो फ्रेन्चाइजी छोडेको भनिएको थियो । यति मात्रै होइन, फिल्ममेकर फिरोज नाडियाडवालासँगको उनको मनमुटावको कुरा पनि बाहिर आएको थियो । यसैबीच, केही महिनाअघि अक्षयले पनि एक अन्तर्वार्तामा आफूलाई फिल्मको स्क्रिप्ट मन नपरेको भन्दै फिल्मको हिस्सा नरहेको बताएका थिए । यति हुँदाहुँदै पनि फ्यानले उनलाई ‘हेरा फेरी ३’ साइन गर्न बारम्बार आग्रह गरिरहेका थिए ।

‘हेरा फेरी ३’ मा अक्षय कुमारको स्थानमा कार्तिक आर्यन देखिने बताइएको थियो । तर, अब यो तस्बिर आएपछि यो फिल्ममा अक्षय मात्रै रहेको स्पष्ट भएको छ ।