२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता



file
अ+ अ-

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्‍ड’सँग भेटवार्ता गर्नुभएको छ । बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटार पुग्नुभएको हो ।

दुई शीर्ष नेताबीच राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको बताइएको छ । यस्तै, कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावित व्यक्तिको बारेमा पनि छलफल भएको बुझिएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ । यसअघि बुधबार बेलुका पनि प्रधानमन्त्रीसँग सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई व्युँत्याउने कसरत गरिरहेका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार (१३ गते) मनोनयन दर्ताको कार्यतालिका छ ।