३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

निजले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट रु ७० लाख घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा उक्त रकम बिगो कायम गरी सजायका निम्ति आज उक्त अदालतमा मुद्दा दायर गरेको हो । 

घुसबापतको रकम सेवाग्राहीलाई नै फिर्ता हुनुपर्ने मागदाबी गर्दै आयोगले निजको छोरा नवीनकुमारको बैंक खातामा रु ४० लाख जम्मा भएको जनाएको छ । आयोगले नवीनकुमारलाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी मुद्दा दायर गरेको हो ।

आरोपी मिश्रलाई घुस रकम उपलब्ध गराउने ग्याल्जेन एण्ड तामाङ प्रालि र रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैँले रु २५ लाख दिएको पुष्टि भएकाले त्यति नै रकम बिगो कायम गरी मतियार बनेका निजको सम्पत्तिबाट बिगो भराउन माग गरिएको छ । ग्याल्जेनको मृत्यु भइसकेकाले सरकारी वा निजी बिगो क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्थाअनुसार कारबाही हुन माग गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।