• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसद अवरोध जारी राख्ने ★   कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था बैठक प्रभावित ★   अर्थतन्त्र पुनरुत्थानका लागि लगानीमैत्री बजेट ★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने

आत्मनिर्भर लघुवित्त आईपीओको बिक्री खुला



symbolic picture

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेकोे हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात रु दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिशेयर रु एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । जसमध्ये २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र तीन हजार एक सय १७ कित्ता शेयर कर्मचारी तथा १० हजार एक सय ७० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको छ ।

निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । आईपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाईनमा ‘मेरो शेयर’ मार्फत शेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ् प्रदान गरेको छ ।