२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई एक्ल्याउने प्रयास



अ+ अ-

काठमाडौँ । बालुवाटार बैठकमा पुरानै गठबन्धनलाई व्युँताउने विषयमा छलफल भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको हो।

बैठकमा संविधानको रक्षाका लागि भए पनि पुरानै गठबन्धन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई कायमै राखेर निर्वाचनअघि (मंसिर ४) को पुरानो गठबन्धन व्युँताउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याउनेसम्मको तयारी भइरहेको स्रोतको भनाइ छ।

बैठकमा एमाले अध्यक्ष ओलीको प्रतिगमनका कुरा कोट्याउँदै कांग्रेस नेताहरूले पाँच दलीय गठबन्धनलाई फेरि व्युँताउनुपर्ने धारणा राखेका थिए। राष्ट्रपतिको निर्वाचनसँगै पुरानो गठबन्धनलाई कसरी व्युँताएर नयाँ रणनीतिका साथ अगाडि लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको हो। यस विषयमा सबै नेताहरूले आ–आफ्नो राय राख्नुभएको थियो’, बालुवाटार स्रोतले भन्यो।

राष्ट्रपति भने नेपाली कांग्रेसलाई नै दिएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो। कांग्रेस सभापति देउवाले राष्ट्रपतिमा एकीकृत समाजवादी र जनता समाजवादीको समेत समर्थन रहने दाबी गरेका थिए। अन्नपूर्ण पोस्ट




भर्खरै