२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन’



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घण्टापछि वार्सामा यहाँ भाषण गर्दै अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दाबी गरे ।

युक्रेनप्रति संयुक्त राज्य अमेरिका र उसका साझेदारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपतिको आरोपको खण्डन गरे । रुसका राष्ट्रपति पुटिनले युक्रेनमा एक वर्षदेखि जारी युद्धका लागि अमेरिकासहित पश्चिमा राष्ट्रहरूलाई दोष दिएका थिए । उनले आफू पुटिनजस्तो निरङ्कुश एवम् कठोर नभएको पनि बताए ।

रुसी संसद्मा उनले युक्रेनलाई पश्चिमा राष्ट्रहरूले ‘रुसविरोधी’ बनाउने प्रयास आरोप लगाउँदै आफ्नो देशको अस्तित्व जोखिममा परेको बताए । सम्बोधनका क्रममा उनले अमेरिकासँगको आणविक हतियार सन्धिमा सहभागी नहुने घोषणा पनि गरेका थिए । रुसी राष्ट्रपतिले आफ्नो देशमाथि लादिएको प्रतिबन्ध सफल नहुने बताउँदै आफ्नो देशले व्यवस्थित रूपमा आफ्नो उद्देश्य प्राप्त गर्न युद्ध निरन्तर हुने वाचा गरेका थिए ।

किएभको अप्रत्यासित भ्रमण गरेर यहाँ आएका अमेरिकी राष्ट्रपतिले पश्चिमा मुलुकले रुसमाथि आक्रमण गर्ने कुनै योजना नबनाएको पनि स्पष्ट गरे । रुसी राष्ट्रपतिले आफ्नो देशमाथि अमेरिकासहितका पश्चिमा देशले आक्रमण गर्ने योजना बनाएका आरोपको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिले त्यसो भनेका हुन् । रुसी र अमेरिकी राष्ट्रपतिका भाषण एकअर्काविरुद्ध वाक्युद्ध थिए ।

त्यसअघि राष्ट्रपति बाइडेनलेपोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेटेर आफ्नो भ्रमण संवेदनशील क्षणमा भएको बताउँदै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सामूहिक रक्षाको सिद्धान्तप्रति वासिङ्गटनको प्रतिबद्धता दोहोर्याए ।




भर्खरै