१० मंसिर २०८१, सोमबार
,
Latest
नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान (अन्तरवार्ता) तुषार देशपाण्डेलाई राजस्थान रोयल्सले ६ करोड ५० लाखमा किन्यो आईपीएल मेगा अक्सनः केन विलियम्सन अनसोल्ड शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड दृष्टिविहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड राशिको रियालिटी सो हुने



अ+ अ-

पथरी । नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ ।

इन्ट्रा फाउण्डेशन अफ अमेरिका कमुनिटीको आयोजनामा हुने मेघा भ्वाइस युनिभर्स र मेघा डान्स युनिभर्समा विश्वभर छरिएर रहेका नेपालीले भाग लिन पाउने भएका छन् । प्रतियोगिताको विजेताले नगद एक/एक करोड, फष्ट रनर अपले ३० लाख र सेकेन्ड रनरअपले २०/२० लाख प्राप्त गर्ने इन्ट्राका सचिव सुरेन शेर्माले जानकारी दिए । आयोजक संस्थाले बुधबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरी बताएको हो ।

प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागिता रहनेछ । रियालिटी सो प्रथम अडिसन झापाको दमकबाट हुने भएको छ । फागुन २० र २१ गते झापाको दमकस्थित श्री सरस्वती माविमा अडिसन हुने कार्यक्रम सञ्चालक तथा कलाकार नरेश घतानीले बताए ।

प्रतियोगिताको अडिसन अमेरिका, क्यानाडा, युरोप, दुबई, नेपाल, भारत, थाइल्याड र अष्ट्रेलियामा हुने भएको छ । नेपालमा हुने अडिसन नेपालगञ्ज, बुटवल, काठमाडौँ र झापामा हुने भएको छ । फिल्ड अडिसन र जर्ज अडिसनबाट विश्वभरका एक सय २० प्रतिस्पर्धी छानिने छन् । छानिएका एक सय २० प्रतिस्पर्धीलाई नेपालको काठमाडौँमा ल्याई टप १२ मा छानिने कार्यक्रम सञ्चालक घतानीले बताए ।

प्रतियोगितामा सामूहिक लोक नेपाली सांस्कृतिक नृत्य प्रतियोगिता रहेको र उक्त प्रतियोगिताका विजेताले रु २० लाख प्राप्त गर्ने छन् । प्रतियोगिताको निर्णायकतर्फ गायनमा सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार, पुष्पन प्रधान र सुजता बर्मा रहेका छन् । नृत्यमा कलाकार मिथिला शर्मा, केकी अधिकारी, प्रियङ्का कार्की, शङ्कर विसी, दिलीप रायमाझी, नरमान राई रहेका छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका विश्वका गरिब र दु:खीलाई सहयोग गर्दै आएको विशुद्ध सेवा मुखी संस्था रहेको इन्ट्राका नेपाल प्रतिनिधि इन्द्र बानियाँले बताए । रासस