• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

एक करोड राशिको रियालिटी सो हुने



पथरी । नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ ।

इन्ट्रा फाउण्डेशन अफ अमेरिका कमुनिटीको आयोजनामा हुने मेघा भ्वाइस युनिभर्स र मेघा डान्स युनिभर्समा विश्वभर छरिएर रहेका नेपालीले भाग लिन पाउने भएका छन् । प्रतियोगिताको विजेताले नगद एक/एक करोड, फष्ट रनर अपले ३० लाख र सेकेन्ड रनरअपले २०/२० लाख प्राप्त गर्ने इन्ट्राका सचिव सुरेन शेर्माले जानकारी दिए । आयोजक संस्थाले बुधबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरी बताएको हो ।

प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागिता रहनेछ । रियालिटी सो प्रथम अडिसन झापाको दमकबाट हुने भएको छ । फागुन २० र २१ गते झापाको दमकस्थित श्री सरस्वती माविमा अडिसन हुने कार्यक्रम सञ्चालक तथा कलाकार नरेश घतानीले बताए ।

प्रतियोगिताको अडिसन अमेरिका, क्यानाडा, युरोप, दुबई, नेपाल, भारत, थाइल्याड र अष्ट्रेलियामा हुने भएको छ । नेपालमा हुने अडिसन नेपालगञ्ज, बुटवल, काठमाडौँ र झापामा हुने भएको छ । फिल्ड अडिसन र जर्ज अडिसनबाट विश्वभरका एक सय २० प्रतिस्पर्धी छानिने छन् । छानिएका एक सय २० प्रतिस्पर्धीलाई नेपालको काठमाडौँमा ल्याई टप १२ मा छानिने कार्यक्रम सञ्चालक घतानीले बताए ।

प्रतियोगितामा सामूहिक लोक नेपाली सांस्कृतिक नृत्य प्रतियोगिता रहेको र उक्त प्रतियोगिताका विजेताले रु २० लाख प्राप्त गर्ने छन् । प्रतियोगिताको निर्णायकतर्फ गायनमा सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार, पुष्पन प्रधान र सुजता बर्मा रहेका छन् । नृत्यमा कलाकार मिथिला शर्मा, केकी अधिकारी, प्रियङ्का कार्की, शङ्कर विसी, दिलीप रायमाझी, नरमान राई रहेका छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका विश्वका गरिब र दु:खीलाई सहयोग गर्दै आएको विशुद्ध सेवा मुखी संस्था रहेको इन्ट्राका नेपाल प्रतिनिधि इन्द्र बानियाँले बताए । रासस