९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड राशिको रियालिटी सो हुने



अ+ अ-

पथरी । नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ ।

इन्ट्रा फाउण्डेशन अफ अमेरिका कमुनिटीको आयोजनामा हुने मेघा भ्वाइस युनिभर्स र मेघा डान्स युनिभर्समा विश्वभर छरिएर रहेका नेपालीले भाग लिन पाउने भएका छन् । प्रतियोगिताको विजेताले नगद एक/एक करोड, फष्ट रनर अपले ३० लाख र सेकेन्ड रनरअपले २०/२० लाख प्राप्त गर्ने इन्ट्राका सचिव सुरेन शेर्माले जानकारी दिए । आयोजक संस्थाले बुधबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरी बताएको हो ।

प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागिता रहनेछ । रियालिटी सो प्रथम अडिसन झापाको दमकबाट हुने भएको छ । फागुन २० र २१ गते झापाको दमकस्थित श्री सरस्वती माविमा अडिसन हुने कार्यक्रम सञ्चालक तथा कलाकार नरेश घतानीले बताए ।

प्रतियोगिताको अडिसन अमेरिका, क्यानाडा, युरोप, दुबई, नेपाल, भारत, थाइल्याड र अष्ट्रेलियामा हुने भएको छ । नेपालमा हुने अडिसन नेपालगञ्ज, बुटवल, काठमाडौँ र झापामा हुने भएको छ । फिल्ड अडिसन र जर्ज अडिसनबाट विश्वभरका एक सय २० प्रतिस्पर्धी छानिने छन् । छानिएका एक सय २० प्रतिस्पर्धीलाई नेपालको काठमाडौँमा ल्याई टप १२ मा छानिने कार्यक्रम सञ्चालक घतानीले बताए ।

प्रतियोगितामा सामूहिक लोक नेपाली सांस्कृतिक नृत्य प्रतियोगिता रहेको र उक्त प्रतियोगिताका विजेताले रु २० लाख प्राप्त गर्ने छन् । प्रतियोगिताको निर्णायकतर्फ गायनमा सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार, पुष्पन प्रधान र सुजता बर्मा रहेका छन् । नृत्यमा कलाकार मिथिला शर्मा, केकी अधिकारी, प्रियङ्का कार्की, शङ्कर विसी, दिलीप रायमाझी, नरमान राई रहेका छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका विश्वका गरिब र दु:खीलाई सहयोग गर्दै आएको विशुद्ध सेवा मुखी संस्था रहेको इन्ट्राका नेपाल प्रतिनिधि इन्द्र बानियाँले बताए । रासस