• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सभापति देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त: महामन्त्री शर्मा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताउनु भएको छ ।

सामाजिक संञ्जालमा शर्माले लेख्नुभएको छ सभापतिलाई राष्ट्रपति बनाएर बरिष्ठ नेतालाई संसदीयदलको नेता र उपसभापतिलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।

उहाँले लेख्नुभएको छ-

सभापतिलाई राष्ट्रपति बनाएर बरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक दलीय दृष्टिले मेरो प्रस्ताव उचित तर कार्यकारी बनिसकेका कसैलाई पनि रास्ट्रपति बनाउनु अनुपयुक्त , साथीहरूको यो विश्लेषण बढी परिपक्व छ मेरो बुझाइ नै अन्तिम सत्य यस्तो भ्रममा म कहिल्यै रहन्न ।