१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पट फिक्सिङ प्रकरण: महबुब र आदिललाई ३–३ लाख धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले स्पट फिक्सिङ आरोपमा पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । सो प्रकरणमा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएपनि काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले भने नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।